INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १४ वर्षीय बालकलाई भदौ १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पटक पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले आरोपितविरुद्ध  भदौ १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको रेग्मीले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण भदौ १० गते धौलागिरी अस्पताल बागलुङमा गरिएकोे छ । पीडित चार महिनाको गर्भवती रहेकी छिन् ।

अन्य

भिडियो