१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले भदौ १ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा भदौ २ गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित बालिकाकी आमाले बताउनु भयो ।
इलका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो । यौन दुर्व्यवहार घटना भएकोले बालिकाको स्वास्थ्य परीक्षण नभएको साहले बताउनु भयो ।