INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यालय सहयोगी त्रिपुरासुन्दरी नपा –१ की ३९ वर्षीया धनकन्नी सार्कीलाई जातीय विभेद गरेको आरोपमा शाही होटलकी सञ्चालक ३५ वर्षीया विष्णुमाया शाहीलाई साउन ३२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित शाही विरूद्ध पीडितले साउन ३१ गते प्रहरी चौकी त्रिपुराकोटमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको त्रिपुराकोट चौकीका सइ इन्द्रबहादुर राइले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

नगरपालिका कार्यालयको गेटनजिकै रहेको होटलमा साउन ३१ गते आरोपित शाहीले भान्सा छोइन्छ अलि पर वस भनेर सार्वजनिक स्थलमा अपहेलना गर्नुका साथै जातीय विभेद हुने व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

अन्य

भिडियो