INSEC Online

📅 २०८३ जेष्ठ २२

अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी  प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकल बाहिर निकालेर   आगजनी गरेकाे पन्थीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।  घटनाका सम्बन्धमा पीडितले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

ताला तोडेर मोटरसाइकल  बाहिर निकालेर आगो लगाइएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका   इन्स्पेक्टर चुडामणी पुनले बताउनु भयो ।  थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पुनले बताउनु भयो । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।

पीडितका अनुसार असार १७ गते सोही ठाउँबाट मोटरसाइकल निकालेर बाटोमा फालिएको थियो  ।

अन्य

भिडियो