१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सान्नित्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय कमल परियारलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर यक्षराज जोशीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते जिल्ला अस्पताल, कालीकोटमा गरिएको अस्पतालका स्वास्थ्य व्यवस्थापक डाक्टर भिष्म पोख्रेलले बताउनुभयो ।