INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य पुनःगिरफ्तार

प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ की ३७ वर्षीया पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले साउन २७ गते पुनःगिरफ्तार गरेको छ ।

जिल्ला अदालत, कैलालीका न्यायधिश जयानन्द पनेरुको इजलासले साउन २६ गते धामीलाई साधारण तारेखमा रिहा गरेपछि  घर जानेक्रममा प्रहरीले धनगढीबाट साउन २७ गते पुनःगिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपमशमशेर जबराले धामी पुनःगिरफ्तार भएको भन्ने बारेमा आफूलाई जानकारी नभएको इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।

प्रहरीले धामीलाई असार ३१ गते प्रहरीले गिरफ्तार गरी हातहतियार तथा खरखजाना अन्तर्गत आसार ३१ गते जिल्ला अदातल, कैलालीमा मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो