प्रतिबन्धित नेकपा निकट अखिल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य डडेल्धुरा जिल्ला परशुराम नगरपालिका–७ की ३७ वर्षीया पुर्णीमा भन्ने गौरा धामीलाई प्रहरीले साउन २७ गते पुनःगिरफ्तार गरेको छ ।
जिल्ला अदालत, कैलालीका न्यायधिश जयानन्द पनेरुको इजलासले साउन २६ गते धामीलाई साधारण तारेखमा रिहा गरेपछि घर जानेक्रममा प्रहरीले धनगढीबाट साउन २७ गते पुनःगिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी अनुपमशमशेर जबराले धामी पुनःगिरफ्तार भएको भन्ने बारेमा आफूलाई जानकारी नभएको इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।
प्रहरीले धामीलाई असार ३१ गते प्रहरीले गिरफ्तार गरी हातहतियार तथा खरखजाना अन्तर्गत आसार ३१ गते जिल्ला अदातल, कैलालीमा मुद्दा दर्ता गरेको थियो ।