रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका २४ वर्षीय कमल खरेललाई साउन २१ गते मणिग्रामबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २१ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका दाजु इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितपक्षको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक विरूद्ध पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर साउन १४ गते बलात्कार गरेको भन्दै पीडीतकी आमाले आमाले उजुरी दिएको । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । डिएसपी मल्लका अनुसार आरोपित फरार भएकाले खाजी भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो ।
यसैगरी १३ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले मायाँदेवी गाउँपालिका– ३ बर्सैलीका १९ वर्षीय हमिदुल्लाह मुसलमान र सोही ठाँउका २० वर्षीय हबिबुल्लाह मुसलमानलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितद्वयले साउन २० गते घाँस काट्न गएको बेलामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको इन्स्पेक्टर आयुषकुमार जोशीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडीत दुबै जनाको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो ।