INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका २४ वर्षीय कमल खरेललाई साउन २१ गते मणिग्रामबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २१ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका दाजु इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितपक्षको  उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार  १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक विरूद्ध पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ  ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर साउन १४ गते बलात्कार गरेको भन्दै पीडीतकी आमाले आमाले उजुरी दिएको  । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । डिएसपी मल्लका अनुसार आरोपित फरार भएकाले खाजी भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो ।

यसैगरी १३ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको अरोपमा प्रहरीले मायाँदेवी गाउँपालिका– ३ बर्सैलीका  १९ वर्षीय हमिदुल्लाह मुसलमान र सोही ठाँउका २० वर्षीय हबिबुल्लाह मुसलमानलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितद्वयले साउन २० गते घाँस काट्न गएको बेलामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, पिपरामा  उजुरी दिएको इन्स्पेक्टर आयुषकुमार जोशीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा  बताउनु भयो ।

पीडीत दुबै जनाको स्वास्थ्य परीक्षण साउन  २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो