१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बाबुलाई साउन २० गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जेठ २० गते उजुरी दिएपछि आरोपितलाई सोहि दिन गिरफ्तार गरिएको थियो ।
आरोपितविरुद्ध जबरजस्तीकरणी कसुर अन्तरगत मुद्दा दर्ता गरेर म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर नरहरि अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।