१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाह्रविसे नपा–६ सोताङका ४० वर्षीय ताराबहादुर तामाङलाई ०७७ साउन २० गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।
आरोपितले पीडितलाई ०७७ साउन १८ गते बेलुका पीडितकै घरमा गएर यौन दुर्व्यवहार गरेको पीडितको भनाई उदृत गर्दै इन्स्पेक्टर घिमिरेले जानकारी दिनु भयो ।
पीडितका तर्फबाट ०७७ साउन १९ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा पीडितकी आमाले उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परिक्षण साउन १९ गते बाह्रविसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।