INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित बिरुद्ध उजूरी दर्ता

१५ वर्षीया बालिका बलात्कार घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नगरपालिका –९ डंसूरका २२ वर्षीय आचल थापा बिरुद्ध साउन १६ गते मुद्दा दर्ता भएको छ ।

साउन ९ गते बलात्कार गरेको पीडित पक्षको उजूरीको आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा साउन १६ गते भएको र घटनाको अनुसन्धान सुरु भएको डीएसपी ओलीले बताउनु भयो । आरोपित थापा फरार रहेको डीएसपी ओलीको भनाई छ ।

अन्य

भिडियो