नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक १५ वर्षीय बालकलाई साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आफ्नै नाता पर्ने आरोपितले साउन ११ गते फकाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालय गोरखामा मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले इन्सेक प्रतिनिधिलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते गोरखा अस्पतालमा गरिएको छ ।