INSEC Online

📅 २०८३ जेष्ठ २२

नगरप्रमुखमाथि दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझालाई साउन ७ गते सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–५ का ४० वर्षीय दानबहादुर पाललाई गिरफ्तार गरेको छ ।

तुफानडाडा चौकदेखि अस्पतालसम्मको सडक फराकिलो गर्ने बिषयमा साउन ७ गते डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सडक आसपासमा रहेका घरधनीहरुसँग छलफल भइरहेको समयमा पालले आफूलाई गालिगलौच र अभद्र व्यवहार गरेको नगरप्रमुख ओझाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताए ।

आफूमाथि गालिगलौच गरी अभद्र व्यवहार गरेको भन्दै नगरप्रमुख ओझाले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दधिराम न्यौपानेले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

अन्य

भिडियो