INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  कार्यकर्ता नेपालगञ्ज उपमनपा–२० का ३० वर्षीय चित्रबहादुर विक र सोही ठाउँका २५ वर्षीय सुरेश राउतलाई प्रहरीले  साउन ६ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यवसायीबाट  चन्दा लिने क्रममा  गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आरोपितद्वयको  स्वाबको नमूना लिएर  कोरोना परीक्षणका लागि  पठाइएको छ  ।

अन्य

भिडियो