नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नेपालगञ्ज उपमनपा–२० का ३० वर्षीय चित्रबहादुर विक र सोही ठाउँका २५ वर्षीय सुरेश राउतलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यवसायीबाट चन्दा लिने क्रममा गिरफ्तार गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपितद्वयको स्वाबको नमूना लिएर कोरोना परीक्षणका लागि पठाइएको छ ।