१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–८ खेतकोटका २९ वर्षीय रमेश ऐरलाई असार २५ गते गिरफ्तार गरेको छ ।
बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ भदौ १४ गते उजुरी दिएपछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर गौरीसंकर जैशीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपित ऐरले ०७६ भदौ ३ गतेदेखि ९ गतेसम्म पाटन नगरपालिका–६ स्थित पाटनबजार र डडेल्धुरको अपरगढी नगरपालिकास्थित डडेल्धुरा बजारका होटलहरूमा लगेर बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ भदौ १४ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको ०७६ भदौ १४ गते जिल्ला अस्पताल, बैतडीमा स्वास्थ्य परीक्षण भएको थियो ।