INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

जनकपुरधाम उमनपा–२१ कुर्था बस्ने विनोद पंजियारकी ११ वर्षीया छोरी कंचनकुमारी पंजियारको बलात्कार गरी हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको मलिहावाद थाना काकोरी ग्राम पञ्चाय काकोरी वडा नं. ११ पिन नं. ८१३१०९ गाउँ बण्डाखोरा घर भई सोही ठाउँमा बस्ने ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार २१ गते गिरफ्तार गरेको छ ।

असार १७ गते दिउँसो भैंसी चराउने क्रममा चौधरी र मिश्र इन्डष्ट्रिजमा आँप टिप्न गएको बेला आँप दिने प्रलोभन देखाएर बलात्कार गरी मुख थिचेर हत्या गरेको आरोपित सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा असार २२ गते आयोजित पत्रकार सम्मेलनमा डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।

आरोपित सिंह जनकपुरधाम उमनपा—२१ कुर्था स्थित चौधरी र मिश्र इन्डष्ट्रिजमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

कंचनको शव अर्धनग्न अवस्थामा असार १९ गते घरभन्दा एक किलोमिटर टाढा दुधमती नदीको किनारमा फेला परेको थियो ।

शव फेला परेको ठाउँभन्दा ५० मिटरको दुरीमा ब्लान्केट माटोमा गाडिएको अवस्थामा फेला परेपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा असार २० गते दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा सिंहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी कार्कीले बताउनु भयो ।

डिएसपी कार्कीका अनुसार दिपु सिंहले बालिकालाई चौधरी र मिश्र इन्डष्ट्रिजमा बलात्कार गरी हत्या गरेर बल्याङ्केटमा बेरेर राखेको थियो ।

असार १८ गते विहान ३ बजे दुधमती नदिको छेउमा झाडीमा फालेको आरोपित सिंहले स्वीकार गरेको डिएसपी कार्कीले बताउनु भयो ।

शवको मुचुल्का गरी प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टम भएको डिएसपी कार्कीले बताउनु भयो ।

असार १७ गते भैँसी चराउन गएदेखि हराइरहेकी कञ्चनको निकै खोजी गर्दासमेत नभेटिए पछि असार १७ गते बेलकी खोजतलास गरी पाउँ भनि अस्थाई प्रहरी चौकी कुर्थामा लिखित उजुरी दिइएको मृतकका दाजु महादेव पञ्जियारले बताउनु भयो ।

अन्य

भिडियो