INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय राम नाथलाई असार १८ गते राति गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरी वडाध्यक्ष नाथले असार १८ गते राति आफूमाथि अपशब्द प्रयोग गर्नुको साथै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले ब्रह्मदेव प्रहरी चौक, ब्रह्मदेवमा उजुरी दिएपछि अरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमर थापाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

वडाध्यक्ष नाथ आफ्नो पसलमा आएर मदिरा सेवन गरेको र मदिरा सेवनपश्चात आफूमाथि यौन दुर्व्यवहारको प्रयास गरिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

वडाध्यक्ष नाथलाई कार्वाही गर्नु पर्ने मागराखि आक्रोसित स्थानीयबासीहरुले सीमा प्रहरी चौकी, ब्रह्मदेव घेराउ गर्नुको साथै नाराजुलुससमेत गरेका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि असार १९ गते महेन्द्रनगर अस्पताल ल्याउदै गरेको प्रहरीले जनायो ।

अन्य

भिडियो