५० वर्षीया आमालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले ३० वर्षीय छोरालाई असार १८ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश इन्दिरा शर्माको इजलासले आरोपितले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।
आरोपितले पीडितलाई ०७६ कात्तिक १० गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा अदालतको ०७६ मङ्सिर १० गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा कात्तिक १८ गते गरिएको थियो ।