१३ वर्षीया बालिकालाई बलात्कार गरेको गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका– ७ का ३६ वर्षीय तेजबहादुर राइलाई १८ वर्ष कैद सजाय फैसला गरेको छ ।
न्यायाधीश हरिशचन्द्र इङ्गनामको असार १४ गतेको इजलासले कसुरदारलाई कैद सजायसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार दिलकुमार बर्देवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।
सोही इजलासले कसुरदारलाई २ हजार दुई सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको बर्देवाले जानकारी दिनुभयो ।
आरोपितले पीडित बालिकालाई ०७६ पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरी कारबाही अघि बढाएकोमा अदालतको ०७६ माघ ४ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ पुस २ गते गरिएको थियो ।