INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि घरेलु हिंसा पीडितको उजुरी

नारायण नगरपालिका–२ कुसाँडाकी ५४ वर्षीया बाटुली थापाले आफूलाई श्रीमनले घरेलु हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा असार १२ गते उजुरी दिनुभएको छ ।

५६ वर्षीय श्रीमान दलबहादुर थापा क्षेत्रीले कुटपिट गर्दा आफ्नो कान च्यातिएको र अगाडीको ४ वटा दाँत हल्लिएको पीडितले आरोप लगाउनुभयो ।

असार ११ गते राति १० बजे अत्यधिक मदिरा सेवन गरी घर पुगेको बेला विवाद हुँदा कान च्यातेको जिल्ला प्रहरी कार्यालय दैलेखका महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी जवान भूमी डाँगीले जानकारी दिनुभयो ।

घटनाको विषयमा लिखित उजूरी आएकोले आवश्यक कारबाही अगाडि बढाइने डाँगीको भनाई छ । प्रज डाँगीका अनुसार घाइतेको उपचार असार १२ गते दैलेख जिल्ला अस्पतालमा भयो ।

उक्त घटनाका पीडितले आफूलाई भएको हिंसाको विषयमा इन्सेकलाई टेलिफोनबाट जानकारी दिएपछि  प्रहरीमा उजुरी लेख्न र दैलेख अस्पतालमा निशुल्क उपचारको लागि इन्सेकले समन्वय गरेको थियो ।

अन्य

भिडियो