INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासत र सीमा नाकामा मृत्यु भएका पीडित परिवारलाई राहत दिने प्रदेश सरकारको निर्णय

प्रदेश २ सरकारले इलाका प्रहरी कार्यालय सवैलाको हिरासतमा मृत्यु भएका सवैला नगरपालिका–७ का २२ वर्षीय शम्भू सदा र लकडाउनको अवधिमा भारतबाट भोकै आएर धनुषाको जटही नाकामा मृत्यु भएका शहीद नगरपालिका–९ विसरभोराका ३० वर्षीय विरेन्द्र यादवको परिवारलाई ५/५ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको असार ३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आर्थिक रूपमा निकै विपन्न रहेका दुवै जनाको परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानसनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनु भयो ।

यसैबिच, हिरासतमा मृत्यु भएका सदाको असार ३ गते सवैलाको नगर परिक्रमा गराउँदै हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ ।

इलाका प्रहरी सवैलाको हिरासत कक्षको शौचालयमा जेठ २७ गते राति झुण्डिएको अवस्थामा फेला परेको सदाको शवको पोस्टमार्टम असार २ गते प्रादेशिक अस्पताल, जनकपुरधाममा गरिएको छ ।

छिमेकी देश भारतको अहमदावादबाट ६ दिन पैदल यात्रा गरी धनुषाको जटही नाकामा आएका यादवको जेठ १४ गते खाना खान र स्वास्थ्य उपचार गराउन नपाएर मृत्यु भएको थियो ।

अन्य

भिडियो