१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शिवराज नपा –१० का २३ वर्षीय अशोक कुर्मी विरूद्ध पीडित पक्षले जेठ २४ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिनु भएको छ ।
पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको पीडित परिवारले जनाएको छ । उजुरीका आधारमा जेठ २५ गते मुद्दा दर्ता अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले बतउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइहेको इन्स्पेक्टर खरेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।