१६ वर्षीया बालिकालाई शरिर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले माहाराजगञ्ज नपा–९ का २४ वर्षीय अब्दुल हकिम दर्जीलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०७६ माघ २७ गते देखि भारतको सिद्धार्थ नगरमा बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थिया । पीडित पक्षको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।
घटनामा सङ्लग्न रहेको आरोपमा कपिलवस्तु नपा– ८ दोहनीका ४५ वर्षीय मजिबुल रहमान दर्जी र सोही ठाउँका २२ वर्षीय अब्दुल कहिम दर्जी फरार रहेको डिएसपी मल्लले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पाल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।