INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेसीशहर नपा–९ का १८ वर्षीय शंकर विकविरुद्ध पीडित पक्षले जेठ २५ गते बेसीशहर नगरपालिकाको न्याय समितिमा उजुरी दिएको न्याय समितिका संयोजक लक्ष्मी अधिकारीले बताउनुभयो ।

आरोपितले ०७६ कात्तिक १० गते बलात्कार गरेपछि पीडितलाई धम्काएको हुनाले घटनाको जानकारी नभएको र पीडित गर्भवति भएपछि घटना बाहिर आएको पीडित पक्षले जनाएको छ । आरोपित हाल फरार रहेका छन् ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला सामुदायिक अस्पतालमा गरिएको अस्पतालका मेडिकल अफिसर हिक्मत भण्डारीले बताउनुभयो । तर सानो उमेरमा गर्भधारण भएको कारण पीडितमा स्वास्थ्य समस्या देखिएकोले चितवन मेडिकल कलेजमा रिफर गरिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासक प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । पीडितको उपचारपछि जिल्ला प्रहरी कार्यलयमा सिफारिस गरिने अधिकारीले जानकारी गराउनुभयो ।

अन्य

भिडियो