INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई गरेको आरोपमा म्याग्दीको मालिका गाउँपालिका–४ महभिरका २६ वर्षीय रविन श्रीपालीलाई प्रहरीले ०७७ जेठ १३ गते राति गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले आफ्नै कोठामा लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आरोपितविरुद्ध सोहि दिन उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्पेक्टर घ्रुवप्रसाद शर्माले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते बेनी अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो