INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रघुगंगा गाउँपालिका–३, पिप्लेका ४० वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ११ गते राति घरमा सुति रहेको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १२ गते उजुरी दिएको आधारमा प्रहरीले आरोपितलाई सोहि दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते बेनी अस्पतालमा गरिएको इन्सपेक्टर शर्माले बताउनुभयो ।

अन्य

भिडियो