तिलोत्तमा नपा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेका गुल्मी जिल्ला मदाने गाँउपालिकाका ४६ वर्षीय पुरूषको उपचारको क्रममा जेठ ८ गते मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै कोरोना सङ्क्रमणका कारण नेपालमा मृत्यु हुनेको सङ्रख्या तीन पुगेको छ ।
रुघाखोकी र ज्वरो आउने समस्या भएपछि जेठ १ गते उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बिरामीको मृत्यु भए पछि प्रदेश ५ सामाजिक विकास मन्त्रालयले सामाजिक विकास मन्त्री सुदर्शन बरालको हस्ताक्षर सहितको शोक विज्ञप्ती समेत निकालेर मृत्यु भएको पुष्टी गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतकको अन्तिम संस्कारका लागि मृतकका आफन्त र अस्पतालसँग समन्वय भइरहेको र जिल्ला प्रकोप व्यवस्थापन समितिको पूर्व निर्णय अनुसार अन्तिम संस्कार गरिने बताउनु भयो ।
यस अघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।