INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।

पीडित घरमा खेलीरहेको अवस्थामा आरोपितले  वैशाख ३० गते यौन दुर्व्यवहार गरेको भन्दै  पीडित आमाले वैशाख ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इन्सपेक्टर ओमप्रकाश यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ३० लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो