पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।
पीडित घरमा खेलीरहेको अवस्थामा आरोपितले वैशाख ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित आमाले वैशाख ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इन्सपेक्टर ओमप्रकाश यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ३० लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।