घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले स्थानीय २८ वर्षीय कालीचरण चौधरीले कात्तिक २१ गते साँझ गिरफ्पतार गरेको छ ।
राधाले दिएको किटानी उजुरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले जानकारी दिए । कुटपिट गरेको आरोपमा चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको डीएसपी वलीले बताए ।
गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घात कुटपिट गरेका थिए । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् । समाचार साभारः अनलाइन खबर