INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा क्वारेण्टाइमा बसेकाहरूको समस्या समाधान

इन्सेकको पहलमा वैहशाख २५ गते गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविको क्वारेण्टाइनमा बसेकाहरूको समस्या समाधान गरिएको छ ।

गुलरिया नपा–१० पर्यागपुरस्थित नेपाल राष्ट्रिय माविमा रहेको क्वारेण्टाइनमा किरा मिसिएको चामलको भात खुवाएको, दुई दिन देखि चिया नास्ता नदिएको ,साबुन उपलब्ध नगराएको भन्दै क्वारेण्टाइनमा बसेका व्यक्तिले वैशाख २५ गते फोन मार्फत इन्सेकलाई गुनासो गरेका थिए ।

गुनासो पछि इन्सेक जिल्ला प्रतिनिधि मानबहादुर चौधरी  र पत्रकार मुकुन्द सुवेदीले उक्त क्वारेण्टाइनको स्थलगत अनुमन गर्दा गुनासो वास्तविक रहेको भेटेका थिए ।

उक्त घटनाका सम्बन्धमा गुलरिया नपा–१० का वडाध्यक्ष बिरेन्दकुमार थारूले गल्ती भएको स्वीकार गरेका थिए । वडा अध्यक्षसँगको छलफल पछि वैशाख २५ गतेदेखि चिया नास्ता, साबुन र उपभोग गर्न योग्य चामलको व्यवस्था गरिएको छ ।

वडा अध्यक्ष थारूले बजारमा चिनी, चियापत्ती नपाएको र चामल उपलब्ध गराउने मिलले बद्मासी गरेकाका कारण समस्या आएको बताउदै चामल उपलब्ध गराउने मिललाई कारवाहीको दायरामा ल्याउन  सम्बन्धीत निकायमा जानकारी गराएको  बताउनु भयो ।

उक्त क्वारेण्टाइनमा  १८ जना रहेका छन् । जसमा १६ जना भारतीय र दुई जना नेपाली रहेका छन् ।

2020050802bardiya

 

अन्य

भिडियो