INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ ।
आरोपितले पुस २८ गते छोराको हत्या गरी घर नजिकै गाडेको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी विरेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगी गाडेको शव उत्खनन् गरी ल्याएको र पुस २९ गते नै शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा गरिएको छ । छोराको हत्यको आशङ्कामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी शाहीले जानकारी दिए । मृतक बालकका बुवा रोजगारीका लागि भारतमा बस्दै आएको र घटनाको थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो