INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, गुमोजचोकमा बस्ने २८ वर्षीय राजु वाईवालाई साउन ५ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार आरोपितले बालिकाका अभिभावकलाई गलैँचा कारखानामा काम गरेर सुखी जीवन जिउन सकिने प्रलोभन देखाइ केही महिना अघिदेखि बालिकालाई आफ्नै संरक्षणमा लिइ ललितपुर महानरपालिका–२८, हरिसिद्धि बस्दै आएका थिए ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते उनकै डेरामा बलात्कार गरेको र त्यसपछि कोठाबाट बाहिर निस्कन नदिइ बन्धक बनाएको पीडित परिवारको आरोप छ ।

पीडित बालिका साउन ३ गते कोठाबाट भाग्न सफल भई बौद्ध बस्ने दिदीकोमा गएर घटनाबारे जानकारी दिएपछि पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितको खोजी गरी साउन ५ गिरफ्तार गरिएको डिएसपी मिश्रले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो