१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-१० बिरौलका १९ वर्षीय पंकज दासलाई साउन १ गते गिरफ्तार गरेको छ ।
पीडितका बुवाले अपहरण तथा जबरजस्ती करणी उद्योग मुद्दामा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ३२ गते उजुरी दिएका थिए ।
आरोपितले बालिकालाई घरमा कोही नभएको मौका छोपी असार ३१ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जेठ ३२ गते गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी भावेश रिमालले बताए ।