INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा ६ गुना बढी कैदीबन्दीले कारागारमा समस्याको चाङ

‘ङ’ श्रेणीको २५ जनाका लागि बनाइएको जिल्ला कारागारमा क्षमता भन्दा करिब ६ गुना बढी कैदीबन्दी हुँदा समस्याका चाङ लागेका छन् । जिल्ला कारागारमा हाल कैदीबन्दी र आश्रति गरी जम्मा १ सय ४१ जना रहेका छन् ।

कारागारमा ९८ पुरुष र ११ महिलासहित १ सय ९ जना कैदी रहेका छन् भने बन्दीतर्फ २८ पुरुष र दुई जना महिला गरी ३० जना रहेका छन् । यसैगरी, दुई जना नाबालक र एक जना नाबालिकासमेत कारागारमा आश्रति बालबालिका तीनजना रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दीको चाप हुँदा व्यवस्थापनमा समस्या आएको जेलर सुरेन्द्र मुखियाले बताए । कारागारको भवन कच्ची र जिर्ण भएकाले कैदीबन्दीलाई खान, बस्न, सुत्न, सरसफाई र खेल तथा मनोरञ्जनमा सहभागी गराउन समस्या आएको जेलर मुखियाले जानकारी दिए ।

यसैगरी, दरबन्दी अनुसार कारागारमा स्वास्थ्यकर्मी नबस्दा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या देखिएको छ । नियमित चेकजाँच गर्नु पर्ने बिरामी र आकस्मिक रूपमा हुने बिरामीलाई प्रहरीको सहयोग लिएर जिल्ला अस्पताल पुर्‍याउनुपर्ने बाध्यता रहेको जेलर मुखियाले बताए । कारागारका समस्याको विषयमा विभागमा जानकारी गराइएको पनि उनले जानकारी दिए ।

अन्य

भिडियो