१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा शैलुङ्गेश्वरी गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१७ धोवीचौरमा डेरा गरी बस्ने २२ वर्षीय सागर श्रेष्ठलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख १४ गते परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौँमा गरिएको छ ।