सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नपा-८ का २२ वर्षीय श्रीलाल बिकलाई जिल्ला अदालतले चैत १४ गते बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र क्षतिपुर्तिबापत ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले यस्तो फैसला सुनाएको हो । ०७३ माघ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई ०७३ फागुन २ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते नै जिल्ला अस्पताल बोक्सेमा भएको थियो ।