INSEC Online

📅 २०८३ जेष्ठ २१

डा. गोविन्द केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै गत साउन ९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यको अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट निरन्तर अनुगमन भइरहेको जनाउँदै जीवन रक्षाको आग्रह गरेको छ ।

यसै सन्दर्भमा आयोगले साउन २० गते नै केसीको जीवन रक्षाको लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी आग्रह गरेको हो ।

‘निजको जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न तथा स्वास्थ्य सेवा सुधारको लागि राखिएका उचित मागहरू एवम् निजसँग यसपूर्व नेपाल सरकारको तर्फबाट भएको विभिन्न मितिका सम्झौताहरू अक्षरशः पालना गर्न, गराउन तथा एउटै विषयको सम्वन्धमा पटक-पटक अनसनमा वस्नुपर्ने जस्तो परिस्थिति सृजना हुननदिन आयोग नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछ ।’-आयोगका सचिव वेद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो