१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका-४ का २४ वर्षीय शिवलाल थापाविरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ८ गते नै गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनाएको छ ।