INSEC Online

📅 २०८३ जेष्ठ २१

नकावधारी समूहले गोली प्रहार गरी हत्या

नकावधारी समूहले कात्तिक १८ गते बढैयाताल गाउँपालिका-३ गोब्रेपुरूवाका ३५ वर्षीय मोहन खटिकलाई घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरेको छ ।

मृतकका नातेदार रामसोहन सोनकरका अनुसार राति एक बजेको समयमा नकावधारी पाँच जनाको समूहले खटिकलाई नियन्त्रणमा लिएर बायाँ कोखामा गोली प्रहार गरेका हुन् ।

घटना लगत्तै प्रहरीमा जानकारी गराइएको थियो । गोली प्रहारबाट घाइते भएका खटिकको नेपालगञ्ज नसिङ होममा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनायो ।

शव पोष्टमार्टमका लागि बाँके जिल्लाको भेरी अञ्चल अस्पतालमा राखिएको छ । मृतकका पत्नी र दुई छोरा रहेका छन् ।

अन्य

भिडियो