नुवागाउँ गाविस-८ की ४७ वर्षीया पत्नी मनसरी घर्तीमगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको ठहर गर्दै ५५ वर्षीय पति ओशबहादुर घर्तीमगरलाई जिल्ला अदालत रोल्पाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको जिल्ला अदालतका खरिदार केशव केसीले जानकारी दिएका छन् ।
घरायसी विवादका कारण ०७३ साउन ४ गते ओशबहादुरले पत्नी मनसरीको हत्या गरेका थिए । मृतक मनसरीका छोराले जिल्ला अदालत रोल्पामा दिएको जाहेरीमा बाबुले आमा मनसरीलाई धेरै पहिलेदेखि मादक पदार्थ सेवन गरी कुटपिट गर्नुका साथै घरेलु हिंसा गर्दै आएको उल्लेख गरेका थिए ।