INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा राप्ती नपा-३ का २० वर्षीय प्रतिज्ञा मगरलाई जिल्ला अदालत चितवनले फागुन २ गते ६ वर्ष कैद सजायका साथै पीडित बालिकाका लागि महिला तथा बालबालिका कार्यालयबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

 

न्यायाधीश नारायण सुवेदीको इजलासले यस्तो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७३ कात्तिक १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो ।

 

आरोपितलाई कात्तिक ८ गते नै प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतले मङ्सिर २ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २६ गते रत्ननगर अस्पतालमा भएको थियो ।

अन्य

भिडियो