पथरैया गाविसस्थित भकरैयाका विरेन्द्र जैशी गस्तीमा गएको प्रहरीले गोली चालाउँदा फागुन १ गते राति घाइते भएका छन् ।
घाइते जैशीको कोखा नजिकैको भागमा गोली लागेकोले शल्यक्रियाका लागि फागुन १ गते राति नै काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुन चन्द ठकुरीले बताए ।
गस्तीमा गएको प्रहरी टोलीले काठ तस्करहरूलाई गिरफ्तार गर्न खोज्दा गाँउलेहरूले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा जैशी घाइते भएको एसपी ठकुरीले बताए ।