बहुविवाहको आरोपमा बेनी नपा-१ रत्नेचौरका ५५ वर्षीय विष्णुकुमार बोगटी र उनकी कान्छी पत्नी ५२ वर्षीया गौरीकुमारी थापालाई म्याग्दी प्रहरीले पुस ११ घरैबाट गिरफ्तार गरेको छ ।
बोगटीकी जेठी पत्नी ५१ वर्षीय देवीकुमारी बोगटीले पुस ११ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपित दुवैलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुले बताए ।
इन्सपेक्टर गुरुका अनुसार पीडित महिलाले आफू घरमा हुँदाहुँदै पतिले अर्को विवाह गरेको भन्दै पुस ११ गते जिल्ला प्रहरी कार्यलय म्याग्दीमा उजुरी दिएकी थिइन् ।