INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित मदाने–६ पुर्कोटदह पनाहका ३२ वर्षीय दुर्गाबहादुर नेपालीलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

अरोपितले कात्तिक १५ गते राति ३१ वर्षीया पत्नी सीता नेपालीलाई मान्छे नबस्ने स्थानीय एक व्यक्तिको घरमा लगेर हत्या गरेका थिए ।

तीन दिनदेखि फरार दुर्गाबहादुरलाई नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

आरोपित नेपालीले प्रहरी समक्ष तीजमा माइत गएकी पत्नी लामो समयसम्म घरमा नआएको रिस र आपूmले मादक पदार्थ सेवन गरी हत्या गरेको स्वीकार गरेको एसपी बस्नेतले बताए ।

उनीहरूका डेढ वर्षदेखि सात वर्षसम्म तीन छोरा र एक छोरी रहेका छन् । पत्नीको हत्यापछि बालबालिकाहरूको बिचल्ली भएको स्थानीयले बताएका छन् ।

उनीहरू अहिले गाउँपालिकाको सहयोगमा छिमेकी ओमबहादुर नेपालीको संरक्षणमा रहेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । बालबालिकाको खाने बस्ने र पढाई लेखाइ कसले गराउने भन्ने समस्यामा छिमेकी र आफन्त रहेको केसीले बताए ।

अन्य

भिडियो