मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना दिएका छन् ।
गङ्गामाया बचाउ अभियानको आयोजनामा साउन ३२ गते दिइएको उक्त धर्नाका सहभागीहरूले तत्काल कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई अनुसन्धानको दायरामा ल्याउन र गङ्गामायाको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।
