मदाने गाउँपालिका–६ पुर्कोट पनाहकी ३१ वर्षीया सीता नेपालीलाई ३२ वर्षीय पति दुर्गा नेपालीले कात्तिक १६ गते बिहान हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपककुमार बस्नेतले बताए ।
घटनास्थल गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची र प्युठान जिल्ला नजिकै पर्दछ । घटनाबारे थप जानकारी लिन एसपी बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ ।