सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक १४ गते सरावल गाँउपालिका–५ का २२ वर्षीय प्रदिप राजभरलाई प्रहरी गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र गुरूङले बताए ।
पीडित बालिकाको कात्तिक १४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनायो ।